सुकुना सामुदायिक अस्पतालमा अप्रेसन सेवा प्रारम्भ।
सुन्दरहरैँचा। मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. १० मा रहेको सुकुना सामुदायिक अस्पताल प्रा.लि.ले व्यवस्थित रूपमा अप्रेसन सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पतालले २०६६ सालदेखि २४ सै घण्टा स्वास्थ्य सेवा सञ्चालन गर्दै आएकोमा सेवा विस्तार गर्ने क्रममा असोज ३० गतेदेखि व्यवस्थित अप्रेसन सेवा प्रारम्भ गरेको छ। स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले विभिन्न स्वास्थ्य सेवाहरू विस्तार गर्दै आएको जनाएको छ।
अस्पतालमा लामो समयदेखि दैनिक भिडियो एक्सरे सेवा, इन्डोस्कोपी सेवा तथा विभिन्न विशेषज्ञ चिकित्सकबाट विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ। अप्रेसन सेवा सञ्चालनमा आएसँगै आसपास क्षेत्रका बिरामीलाई शल्यक्रियाका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अस्पतालको अपेक्षा छ ।
अस्पतालले आगामी दिनमा पनि बिरामीको आवश्यकता र मागअनुसार स्वास्थ्य सेवाको दायरा थप विस्तार गर्दै लैजाने सञ्चालक प्रमोद कोईरालाले जानकारी दिनुभयो।








प्रतिकृया दिनुहोस