हिमालय इङ्लिस स्कुलमा नोबेल मेडिकल कलेजको सहकार्यमा आँखा तथा दन्त शिविर सञ्चालन हुँदै
सुन्दरहरैंचा, ८ भाद्र ०८३ ।
मोरङको सुन्दरहरैँचा १० स्थित हिमालय इङ्लिस स्कुलमा नोबेल मेडिकल कलेजको सहकार्यमा आँखा तथा दन्त परीक्षण शिविर सञ्चालन गरिएको छ। सोमबार विद्यालयमा आयोजित शिविरमा विद्यार्थीहरूको आँखा तथा दाँत परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल कमल खनालले बताउनुभयो।
विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्शसमेत दिएका थिए। कतिपय बालबालिकाले दाँतसम्बन्धी समस्या लुकाउने भएकाले समयमै परीक्षण गरी स्वास्थ्यप्रति सचेत गराउन शिविर प्रभावकारी हुने बताइएको छ। शिविरमा अभिभावकहरूको समेत परिक्षण हुने बताइएको छ ।
नोबेल मेडिकल कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत मोरङ र सुनसरीका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। समाजका सबै वर्गमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले यस्ता शिविर सञ्चालन गरिएको नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नवीन दाहालले बताउनुभयो। शिविरमा दन्त विशेषज्ञ डा. अजय झासहितको स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीहरूको आँखा तथा दन्त परीक्षण भइरहेको छ ।








प्रतिकृया दिनुहोस