सुन्दरहरैँचाका स्थायी बासिन्दालाई नोबेल र केएमसी अस्पतालमा उपचारमा २० देखि ५० प्रतिशतसम्म छुट
सुन्दरहरैंचा ।
मोरङको सुन्दरहरैँचा नगरपालिकाले विभिन्न अस्पतालमा स्वास्थ उपचार गर्दा नगरवासीलाई विशेष छुट दिन सम्झौता गरेको छ । नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले सुन्दरहरैँचा नगरपालिका र सम्बन्धित अस्पतालका प्रतिनिधिबीच भएको सम्झौताअनुसार उपचार सेवामा छुटको व्यवस्था गरिएको हो।
सम्झौताअनुसार काठमाडौं मेडिकल कलेज (केएमसी) भक्तपुरमा उपचार सेवामा ५० प्रतिशत, केएमसी सिनामङ्गल, काठमाडौंमा २५ प्रतिशत तथा नोबेल मेडिकल कलेज विराटनगरमा २० प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ ।
छुट सुविधा लिन सुन्दरहरैँचा नगरपालिकाको स्थायी बासिन्दा खुल्ने आधिकारिक कागजात पेश गर्नुपर्नेछ। नागरिकता, मतदाता परिचयपत्र लगायतका कागजातबाट स्थायी ठेगाना पुष्टि गर्न सकिनेछ। त्यस्तै, नगरपालिकाबाट जारी गरिएको आधिकारिक सिफारिस पत्रका आधारमा पनि छुट सुविधा लिन सकिनेछ।









प्रतिकृया दिनुहोस