पर्यटकको आकर्षणको केन्द्र बन्दै केराबारी ७ को न्यू स्विमिङ पुल
सुन्दरहरैंचा, ३० साउन ०८३ ।
मोरङको केराबारी गाउँपालिका वडा नं. ७ मा रहेको न्यू स्विमिङ पुल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएकोछ । पारिवारिक वातावरण, स्वच्छता र रमणीय प्राकृतिक परिवेशका कारण यहाँ दैनिक जसो भिड लाग्ने गरेको छ। धरान, इटहरी, सुन्दरहरैँचा, बेलबारीलगायत विभिन्न स्थानबाट पर्यटकहरू स्विमिङ पुलमा आनन्द लिन आउने गरेका छन् ।
विशेषगरी बालबालिकाका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था गरिएको छ। न्यू स्विमिङ पुलका सञ्चालक सञ्जोग राई सहित चार जनाको संयुक्त लगानीमा सञ्चालनमा रहेको यस स्थानमा परिवार तथा साथीभाइसँग रमाइलो समय बिताउन आउनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।
तस्बिरः पूर्विअनलाईन









प्रतिकृया दिनुहोस