सुन्दरहरैंचाले तहगत प्रधानाध्यापकहरू नियुक्त गर्ने
सुन्दरहरैंचा, १६ असोज ०८३ ।
सुन्दरहरैँचा नगरपालिकाले सामुदायिक विद्यालयहरूमा तहगत प्रधानाध्यापकहरू नियुक्त गर्ने भएको छ।
आज जारी भएको १५ दिने सार्वजनिक सूचनाअनुसार माध्यमिक विद्यालयहरूमा प्रधानाध्यापक पदका लागि आवश्यक सर्तहरू बमोजिमका कागजातहरूसहित सम्बन्धित विद्यालयमा नै निवेदन दिन भनिएको छ।
छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरू शिक्षा नियमावली, २०५९ (१० औँ संशोधनसहित) मा भएको व्यवस्थाअनुसार हुनेछ। पहिलो चरणमा माध्यमिक तह सञ्चालित सबै सामुदायिक विद्यालयहरूमा तहगत स्थायी प्रधानाध्यापकहरूको व्यवस्था गरिसक्ने र बाँकी आधारभूत तहका विद्यालयका लागि पनि चाँडै प्रक्रिया सुरु गरिने नगरपालिकाले जनाएको छ।










प्रतिकृया दिनुहोस