जनता समृद्धि सहकारीको १४औँ वार्षिक साधारणसभा सम्पन्न
सुन्दरहरैँचा, १७ असोज ०८३ ।
मोरङको सुन्दरहरैँचा–२ स्थित जनता समृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गोपीकृष्ण घिमिरेको अध्यक्षतामा संस्थाको सभाहलमा वार्षिक साधारणसभा आयोजना गरेको हो।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति विवरण, संस्थाको आर्थिक अवस्था, आगामी योजना तथा सहकारीको गतिविधिका विषयमा छलफल गरिएको जनाइएको छ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हरिचरण ढकाल र संस्था स्थापना गर्न पहल गर्ने पूर्व उपाध्यक्ष तेजप्रसाद सिटौलालाई सम्मान गरिएको थियो ।
साधारणसभाले गोपीकृष्ण घिमिरेको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समितिको गठन गरेको छ जसमा उपाध्यक्ष गोपालप्रसाद पाठक, सचिव टंकमणी लामिछाने, कोषाध्यक्ष देवकुमार पौडेल र सदस्यहरुमा हेमकर्ण तिम्सिना, सबिता बास्तोला ढकाल र अञ्जना आचार्य सिटौला रहेका छन् ।
त्यसै गरी सभाबाट जयप्रसाद गेलालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरिएको छ । समितिमा संयोजक जयप्रसाद गेलाल र सदस्यहरुमा माधवप्रसाद दाहाल र एलिसा बोहोरा रहेका छन् । कार्यक्रम सञ्चालन संस्थाका सचिव टंकमणी लामिछानेले गरेका थिए ।











प्रतिकृया दिनुहोस