प्रकृति महिला कल्याण सहकारीको २५औँ वार्षिक साधारण सभा सम्पन्न

सुन्दरहरैँचा, २२ भाद्र ०८३ । 

मोरङको सुन्दरहरैँचा–१०, खोर्सानेमा रहेको प्रकृति महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा संस्थाकी अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षतामा वडा नं. ९ मा अवस्थित जेसिज भवनको सभाहलमा सम्पन्न भएको छ।

 

सहकारीको वार्षिक साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, बचत तथा ऋण कारोबार लगायत आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो। सभाले संस्थाको उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा सदस्य केन्द्रित सेवा, पारदर्शिता र संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएको छ।

 

महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना भएको सहकारीले बचत गर्ने बानीको विकाससँगै आवश्यकताअनुसार ऋण प्रवाह गरी सदस्यहरूको आर्थिक तथा सामाजिक उन्नतिमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

 

सभामा सहभागी वक्ताहरूले सहकारीप्रति सदस्यहरूको विश्वास कायम राख्न पारदर्शी वित्तीय व्यवस्थापन, नियमित अनुगमन र सदस्यको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।

प्रतिकृया दिनुहोस