संघर्ष, सीप र मेहनतले सफल भएकी सदिक्षा ब्युटि पार्लरकी सञ्चालिका राधिका सिटौला मैनाली

सुन्दरहरैँचा, १२ कात्तिक ०८३। 

मेहनत, लगनशीलता र आत्मविश्वासका साथ अघि बढ्न सके आफ्नै ठाउँमा बसेर पनि सफल व्यवसायी बन्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ९ मा सदिक्षा ब्युटि पार्लर सञ्चालन गर्दै आएकी राधिका सिटौला मैनाली।

 

राधिकाले वि.सं. २०६४ सालदेखि ब्युटि पार्लर व्यवसाय सुरु गरेकी हुन्। इटहरीबाट सुरु भएको उनको व्यावसायिक यात्रा सलकपुर हुँदै अहिले सुन्दरहरैँचा–९ स्थित आफ्नै घरसम्म आइपुगेको छ। लामो समयको अनुभव र निरन्तरको मेहनतका साथ उनले आफ्नो व्यवसायलाई निरन्तरता दिँदै आएकी छन्।

 

सदिक्षा ब्युटि पार्लरमा मेकअप तथा सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गरिन्छन्। ग्राहकको माग र चाहनाअनुसार नयाँ–नयाँ डिजाइन तथा शैलीमा मेकअप गरिने भएकाले पार्लरले समयअनुसारको सेवा उपलब्ध गराउँदै आएको छ। पार्लर सेवासँगै सौन्दर्यसम्बन्धी तालिमसमेत प्रदान गरिँदै आएको छ। यसले सौन्दर्य क्षेत्रमा सीप सिकेर आत्मनिर्भर बन्न चाहनेहरूका लागि अवसर सिर्जना गरेको छ।

 

व्यवसाय सञ्चालनका क्रममा राधिकाले विभिन्न चुनौती र कठिनाइको सामना गर्नुपरे पनि उनले हिम्मत हारिनन्। अनेकौँ उतारचढावबीच निरन्तर संघर्ष गर्दै अघि बढेकी उनले आफ्नो मेहनत र लगनशीलताबाट व्यवसायलाई स्थापित गर्न सफल भएकी छन्। उनको सफलतामा घरपरिवारको साथ र सहयोगले पनि महत्वपूर्ण भूमिका खेलेको छ।

 

राधिकाका श्रीमान् पनि व्यवसायमा संलग्न छन्। उनले सुन्दरहरैँचा नगरपालिका वडा नं. ८ मा कपडा पसल सञ्चालन गर्दै आएका छन्। दुवै जना आ–आफ्नो व्यवसायमार्फत परिवारको आर्थिक अवस्था मजबुत बनाउन र आफ्नै ठाउँमा बसेर आत्मनिर्भर जीवन बिताउन सक्रिय छन्।

 

उनको व्यावसायिक यात्रा केवल आम्दानीको माध्यम मात्र नभई धैर्य, आत्मविश्वास र पारिवारिक सहकार्यको उदाहरण पनि बनेको छ। अवसरको खोजीमा विदेश जानु नै सफलताको एकमात्र बाटो होइन, आफ्नै ठाउँमा सीप, मेहनत र लगनशीलताका साथ काम गर्न सके सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश उनको संघर्षपूर्ण यात्राले दिएको छ।

प्रतिकृया दिनुहोस