छोटो समयमै ग्राहकको मन जित्दै तारा श्री कलेक्सन

सुन्दरहरैँचा, ९ कात्तिक ०८३ । 

पछिल्लो समय अनलाइन किनमेलप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ। बदलिँदो समय र ग्राहकको यही चाहनालाई आत्मसात् गर्दै सुपथ मूल्यमा गुणस्तरीय कपडा उपलब्ध गराउनुका साथै सहज अनलाइन सेवा प्रदान गर्दै आएको सुन्दरहरैंचा ९ मा सञ्चालित तारा श्री कलेक्सन छोटो समयमै ग्राहकको मन जित्न सफल भएको छ।

 

बि.सं. २०८२ सालदेखि सञ्चालनमा आएको तारा श्री कलेक्सनले विशेषगरी महिलाहरुका लागि आकर्षक डिजाइनका विभिन्न कपडा उचित मूल्यमा बिक्रि वितरण गर्दै आएको छ। बजारमा उपलब्ध नयाँ डिजाइन र ग्राहकको रुचिलाई ध्यानमा राखेर कपडा बिक्री गर्दै आएको यस कलेक्सनले अनलाइनमार्फत समेत किनमेल गर्न सकिने सुविधा प्रदान गर्दै आएको छ। ग्राहकले आफूलाई मन परेको कपडा अनलाइनबाट छनोट गरी घरमै मगाउन सक्ने सुविधा पनि रहेको जानकारी सञ्चालकले दिएकीछन् ।

 

बजारमा विभिन्न मूल्य र डिजाइनका कपडा उपलब्ध भइरहेका बेला उचित मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउनु तारा श्री कलेक्सनको मुख्य विशेषता बनेको छ। ग्राहकको चाहना, आर्थिक अवस्था र बदलिँदो फेसनलाई ध्यानमा राखेर सेवा प्रदान गर्दै आएको सञ्चालिका सुस्मा भण्डारी आचार्य बताउँछिन्। उनका अनुसार ग्राहकलाई सन्तुष्ट बनाउँदै विश्वास कायम राख्नु नै व्यवसायको पहिलो प्राथमिकता हो। गुणस्तर र मूल्यमा ध्यान दिनुका साथै अनलाइन सेवामार्फत ग्राहकलाई सहज किनमेलको वातावरण सिर्जना गर्ने प्रयास गरिएको उनले बताइन्।

 

डिजिटल प्रविधिको प्रयोगले व्यापार व्यवसायको स्वरूप परिवर्तन हुँदै गएको छ। घरमै बसेर आफूलाई मन परेको सामग्री छनोट गर्न पाउने सुविधाले ग्राहकको समय र श्रम बचत गर्नुका साथै व्यवसायलाई थप ग्राहकमैत्री बनाउन सहयोग पुर्‍याएको छ। तारा श्री कलेक्सनले पनि प्रविधिको उपयोग गर्दै परम्परागत किनमेलको विकल्पका रूपमा अनलाइन सेवालाई अघि बढाएको छ।

 

सुपथ मूल्य, आकर्षक डिजाइन, गुणस्तरीय कपडा र सहज अनलाइन सेवालाई प्राथमिकता दिँदै अघि बढिरहेको यस कलेक्सनले आगामी दिनमा अझ धेरै ग्राहकको विश्वास जित्ने लक्ष्य लिएको छ।

प्रतिकृया दिनुहोस