व्यवसायीका समस्या र विकासबारे सांसदसँग छलफल

सुन्दरहरैंचा, २७ असोज ०८३ । 

सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा संघीय सांसद गणेश कार्की र प्रेमलाल चौधरीसँग व्यवसायी, कृषि, सडक तथा स्थानीय विकासका विषयमा आज छलफल गरिएको छ। 

कार्यक्रममा उद्योगी–व्यवसायीले आफ्ना समस्या तथा सुझाव राख्दै समाधानका लागि पहल गर्न सांसदद्वयको ध्यानाकर्षण गराएका थिए। कार्यक्रम सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीको अध्यक्षतामा सार्वजनिक पुस्तकालय विराटचोकमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस