दुबईको उच्च शिक्षा, नेपालमा उद्यमशीलता, २८ वर्षमै अर्बौंको कारोबार सम्हाल्दै आकाश दुलाल

सुन्दरहरैंचा २३ असोज ०८३ । 

विदेशमा उच्च शिक्षा हासिल गरेर स्वदेश फर्किएका युवा उद्यमी आकाश दुलाल छोटो उमेरमै व्यवसाय व्यवस्थापन र उद्यमशीलताको क्षेत्रमा प्रभावशाली पहिचान बनाउन सफल भएका छन्। २८ वर्षको उमेरमै विभिन्न व्यवसाय तथा अर्बौं रुपैयाँ बराबरको कारोबार व्यवस्थापनमा सक्रिय दुलाल युवा पुस्ताका लागि प्रेरणाका पात्र बनेका छन्।

 

दुबईस्थित हल्ट बिजनेस स्कुलबाट व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गरेका दुलाल अध्ययनपछि  स्वदेश फर्किएर व्यवसायमा सक्रिय भएका हुन्। आधुनिक व्यवस्थापन शिक्षा, व्यावसायिक सोच र पारिवारिक व्यवसायको अनुभवलाई उनले नेपालमै आफ्नो व्यावसायिक यात्रा अघि बढाइरहेका छन्।

 

व्यवसायसँगै सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय दुलालले इन्द्रपुर जेसीजको अध्यक्ष तथा होटल एसोसिएसन नेपाल, कोशी प्रदेशको सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्।

 

हाल उनी स्टार होटल नेपालीरिकाका प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन्। दमक र विराटचोकमा रहेका होटललगायत विभिन्न व्यवसायको सञ्चालन तथा व्यवस्थापनमा समेत उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ।

 

सफल उद्यमी भोलेश्वर दुलालका छोरा आकाशले पारिवारिक व्यवसायलाई नयाँ पुस्ताको सोच, आधुनिक व्यवस्थापन र व्यावसायिक दृष्टिकोणसँग जोड्दै अघि बढाइरहेका छन्। व्यवसाय विस्तारसँगै रोजगारी सिर्जना, सेवा क्षेत्रको विकास र स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने लक्ष्यका साथ उनी अघि बढिरहेका छन्।

 

विदेशमा उच्च शिक्षा हासिल गरेपछि धेरै युवा उतै अवसर खोज्ने प्रवृत्तिका बीच नेपाल फर्किएर व्यवसायमा सक्रिय भएका दुलाल नेपालमा प्रशस्त सम्भावना रहेको बताउँछन्।

सही सोच, मेहनत, उचित व्यवस्थापन र निरन्तरता भयो भने नेपालमै सफल व्यवसाय गर्न सकिन्छ। देश बनाउन पनि सकिन्छ, दुलाल भन्छन्।

 

युवा उमेरमै उच्च शिक्षा, व्यवसाय, नेतृत्व र व्यवस्थापनलाई सँगसँगै अघि बढाइरहेका आकाश दुलालको यात्राले विदेशबाट ज्ञान र सीप हासिल गरेर स्वदेशमै फर्किएर उद्यम गर्ने युवाका लागि सकारात्मक सन्देश दिएको छ। 

 

उनको सोच र सक्रियताले नेपालमा अवसर छैन भन्ने भाष्यभन्दा पनि अवसर सिर्जना गर्न सकिन्छ र स्वदेशमै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

प्रतिकृया दिनुहोस