सलकपुर सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारणसभा सम्पन्न, वृक्षरोपण र वन संरक्षणमा जोड
सुन्दरहरैंचा, १९ असोज २०८३ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–८ स्थित सलकपुर सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
साधारणसभामा समूहका अध्यक्ष अम्मरबहादुर भट्टराईले आर्थिक वर्ष २०८२र०८३ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३र०८४ का लागि प्रस्तावित वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। अध्यक्ष भट्टराईले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२र०८३ मा समूहको कुल आय–व्यय रु। ६५ लाख ४७ हजार ६ सय ९९ रहेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८३र०८४ का लागि समूहले रु। ६२ लाख ४ हजार ६ सय ५० बराबरको अनुमानित तथा प्रस्तावित आय–व्यय प्रस्तुत गरेको छ। साधारणसभामा आगामी वर्ष सञ्चालन गरिने विभिन्न वन संरक्षण, व्यवस्थापन तथा उपभोक्तामुखी कार्यक्रमका विषयमा समेत छलफल गरिएको जनाइएको छ।
सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन तथा उपभोक्ताको हितलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने समूहले जनाएको छ। साधारणसभाले विगत वर्षका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।









प्रतिकृया दिनुहोस