राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङमा भिड

विराटनगर, ३० साउन ०८३ ।

राष्ट्रिय परिचयपत्र सबै सरकारी सेवा, बैंक तथा वित्तीय कारोवार गर्ने संस्थामा अनिवार्य हुन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन तथा तयार भइसकेको परिचयपत्र लिन आउने सेवाग्राहीको भिड बढेको छ। 

 

शुक्रबार कार्यालयमा परिचयपत्र बनाउन र लिन आउनेको उल्लेख्य भिड लागेको थियो। कार्यालयले भिड व्यवस्थापनका लागि टोकन प्रणाली लागू गरेको छ। शुक्रबार टोकन लिएका सेवाग्राहीलाई प्रशासनले भदौ १८ गते बोलाएको छ।

तस्बिरः पूर्विअनलाईन

प्रतिकृया दिनुहोस