यसपटक विराटचोकमा रथयात्रा नहुने

सुन्दरहरैंचा, १७ भाद्र ०८३ । 

सुन्दरहरैंचामा रहेका श्रीकृष्ण प्रणामी मन्दिर विराटचोक, राधाकृष्ण मन्दिर कालीखोला, राधाकृष्ण मन्दिर शान्तिटोल सहित विभिन्न मन्दिरबाट संयुक्त रूपमा हरेक वर्ष निकालिँदै आएको श्रीकृष्ण जन्माष्टमीको रथयात्रा यसपटक नहुने भएको छ।

 

बाढीका कारण देश शोकमा परेकाले यसपटक रथयात्रा उत्सव नगर्ने निर्णय गरिएको आयोजकले जनाएको छ। मन्दिरभित्रै श्रीकृष्ण जन्माष्टमी पर्व धार्मिक विधिअनुसार मनाइने भए पनि रथयात्रा भने ननिकालिने भएको हो।

प्रतिकृया दिनुहोस