सिद्धार्थ सेकेण्डरी स्कुलमा अध्ययनरत छात्रा बन्दना अधिकारी अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुँदै ।

सुन्दरहरैंचा, ९ असोज ०८३ । 

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. १० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत छात्रा बन्दना अधिकारी भारतको कोलकातामा आयोजना हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुने भएकी छन् ।

 

प्रतियोगितामा सहभागी हुन भारत प्रस्थान गर्न लागेकी बन्दनालाई विद्यालयले एक कार्यक्रमबीच सफलताको शुभकामनासहित बिदाइ गरेको छ। विद्यालयका प्रधानाध्यापक अर्जुन बस्नेतले अधिकारीलाई बिदाइ गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विद्यालय, परिवार तथा देशको नाम उच्च राख्न शुभकामना दिएका छन्।

 

प्रधानाध्यापक बस्नेतले खेलकुद विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताए। उनले बन्दनाको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताले विद्यालयका अन्य विद्यार्थीलाई समेत खेलकुद क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

 

बस्नेतले भने “बन्दनाले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नु विद्यालयका लागि गौरवको विषय हो। उनको मेहनत र लगनशीलताले राम्रो परिणाम ल्याउने विश्वास छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि विद्यालय परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ।”
 

प्रतिकृया दिनुहोस