सर्यो मुख्यमन्त्री सम्मेलनको मिति, असोज २७ र २८ गते गर्ने निर्णय

विराटनगर, १६ असोज ०८३ । 
कोशी प्रदेश सरकारको आयोजनामा हुने भनिएको मुख्यमन्त्री सम्मेलनको मिति सरेको छ ।  मन्त्रिपरिषद्को  बिहीबार बसेको बैठकले यसअघि असोज २२ र २३ गते गर्ने भनिएको सम्मेलनको मिति परिवर्तन गरी असोज २७ र २८ गतेलाई सार्ने निर्णय गरेको हो ।


विराटनगरमा हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहनेछ । सम्मेलनमा संघीयता कार्यान्वयनका विषयमा छलफल गर्ने सरकारको योजना छ । मन्त्रिपरिषद् बैठकले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले बैठकका निर्णयबारे जानकारी दिँदै उक्त जानकारी दिएका हुन् ।

प्रतिकृया दिनुहोस