हिज्जे प्रतियोगितामा हिमालय इङ्लिस स्कुलको उत्कृष्ट प्रदर्शन

सुन्दरहरैंचा, १९ असोज ०८३ ।

एनप्याब्सन सुन्दरहरैँचा नगर समितिद्वारा आयोजित अन्तरविद्यालय हिज्जे प्रतियोगितामा सुन्दरहरैँचा–१० को हिमालय इङ्लिस स्कुलले तीनवटै तहमा प्रथम स्थान हासिल गरेको छ।

 

कक्षा १–३, ४–५ र ६–८ तहमा प्रथम भएका विद्यार्थीलाई विद्यालयले सोमबार सम्मान गरेको छ। विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनालले विद्यार्थीको मेहनत, लगनशीलता र शिक्षकको मार्गदर्शनले सफलता प्राप्त भएको बताउँदै विजेतालाई बधाई दिनुभयो। विद्यालयले छोटो समयमै उत्कृष्ट नतिजा हासिल गर्नुका साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा समेत सक्रियता देखाउँदै आएको छ।

तस्बिरः पूर्वीअनलाइन

प्रतिकृया दिनुहोस