ऊनको अभावमा लोप हुँदै परम्परागत चर्खा l

चर्खामा धागो बनाउदै सुन्दरहरैंचा ४ की सीता रसाइली

ऊनको अभावमा लोप हुँदै परम्परागत चर्खा l विपुल सुवेदी २४ असार०७९ तत्कालिन समयमा गाउँघरमा व्यवसाय र स्थानीय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको चर्खा बर्तमान समयमा शुन्य हुन लागेको छ l नेपालमा भित्रिने सस्तो बिदेशी कपडा र ऊनको अभावमा गाउँघरमा चर्खा चल्न छाडेका छन् यति मात्र हैन गाउँ घरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने दक्ष जनशक्तिको अभावमा राम्रो आम्दानीको श्रोत बन्न सक्ने ऊनको कपडा गाउँघरबाटनै लोप हुन थालेको छ l भेडाको रौँ निकालेर चर्खामा घुमाई ऊन (धागो) बनाउने सीप हुँदा आम्दानीको राम्रो माध्यम बन्न सक्ने ऊनका कपडा मुस्किलले मात्र देख्न पाइन्छ l यसको पछाडी जेष्ठ नागरिक पुस्ताहरुले सीप/ पुस्ता हस्तान्तरण गर्न नसक्दा अहिलेका युवा पुस्तामा चर्खा चलाएर धागो निकाल्ने र तान लगाएर कपडा बनउने सीप र कला नभएको केहि बुढापाकाहरु बताउनु हुन्छ l यति मात्र हैन युवायुवतीहरु परम्परागत सीप र जीविकोपार्जन गर्नुभन्दा देश विदेश गई धन कमाउन तर्फ बढी आकर्षित हुँदा नेपाली मौलिक कलाको भेषभुषा बिस्तारै हराउंदै गएको समेत बुढापाकाहरु बताउनुहुन्छ l गाउँ मै चर्खा चलाएर राम्रै आम्दानी गरिरहेकी छिन सुन्दरहरैंचा नगरपालिका वडा नं ४ कि सीता रसाइली बिस्वकर्मा l १४/१५ बर्ष काठमान्डौमा चर्खामा धागो कातेर राम्रै कमाई गर्ने सीता ऊनको अभावमा अहिले तराई झरेको बताउछिन l उनको भनाई अनुसार काठमाडौंमा हुँदा ऊन कातेर नै छोराछोरीलाई पढाउने देखि घरपरिवार समेत चलेको बताउछिन । तराईमा पर्याप्त ऊन नहुँदा मुस्किलले कमाई हुने उनको भनाई छ l सीताले ऊनबाट बन्ने कपडा चाँही बनाउनु हुन्न तर धागो कात्ने काम भने सानै उमेर देखि गर्नुभयो । उनले रौँबाट धागो बुन्न आमा बुवाबाट सिकेकी हुन् । तर अहिलेका पुस्ताले यसप्रति चासो नराखेको उनले बताइन् । भेडाको रौँबाट बनेका ऊनका कपडाको माग देश–विदेशमा समेत उच्च रहे पनि चर्खा चलाएर धागो निकाल्ने र तान लगाएर कपडा बुन्ने जनशक्तिको अभावमा अहिले गाउँघर बाटै चर्खा लोप हुन थालेको छ l गाउँघरका बूढापाकाहरुले सीप हस्तान्तरण गर्न नसक्दा अहिलेका युवा पुस्तामा चर्खा चलाएर धागो निकाल्ने र तान फिजाएर कपडा बनाउने सीप नभएको र युवाहरु परम्परागत सीप सिकेर जीविकोपार्जन गर्नुभन्दा विदेश गएर केही वर्ष दुःख गरी पैसा कमाउन तर्फ लालायित हुने गरेकाले गाउँघरमा चर्खा चल्न छोडेकाे सीता बताउछिन l कसले शुरुवात गर्यो चर्खा ? तुलसी मेहरले सन् १९३० मा नेपालमा चर्खा प्रचारको शुरुवात गरेका थिए | भारतमा महात्मा गान्धीले विदेशी बस्तुको बहिस्कार गर्न शुरु गरेको चर्खा आन्दोलनको प्रभाबले गर्दा तुलसी मेहरले नेपालमा यसको प्रचारमा लागेका थिए | हरेक घरमा चर्खा राख्ने र कपास खेती गरी त्यसबाट कपडा बुन्न सकिएमा बेरोजगारी समस्या हल भएर जान सक्छ भन्ने उद्देश्यले महात्मा गान्धीले चर्खा प्रचार अभियान शुरु गरेका थिए । गान्धीको यो प्रयास तुलसी मेहरका नजरमा पनि निकै उपयुक्त जँचेको थियो । त्यसपछि उनी वि.सं. १८८१ मा नेपाल फर्केर नेपालमा पनि रोजगार सिर्जना गर्ने उद्देश्यले कपास खेतीका साथै चर्खा प्रचार अभियानमा लागेका थिए । उनले तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरलाई खुशी बनाउँदै श्री ३ चन्द्र कामधेनु चर्खा प्रचारक महागुठी नामको संस्था स्थापना गरेका थिए । तुलसीमेहरको यो कामले स्वयम् चन्द्र शमशेर पनि ज्यादै खुशी भएका थिए । त्यसै समयदेखि आम नेपालीमा विदेशी महँगा कपडाको साटो आफ्नै देशमा उत्पादन भएका कपासको धागोबाट बनेका घरबुना वा खाँडी कपडाको प्रेम बढेर गयो । चर्खा प्रचार र कपास खेती, खाँडी कपडाको उद्योगले धेरैलाई रोजगारी दिन थालेको थियो । तर केही समयपछि नै श्री ३ महाराज बनेका भीम शमशेरलाई तुलसी मेहरको यो काम पटक्कै मन परेन । तुलसीमेहरको चर्खा उद्योगमाथि प्रतिबन्ध लगाउँदै उनलाई काराबासको सजाय तेाकियो । एउटा टुसाउँदै गरेको सिर्जनाको कोपिला निमोठ्ने काम भयो । पछि तुलसी मेहरलाई भारतले उनको निकै प्रशंसा गरेर नेहरू अन्तर्राष्ट्रिय पुरस्कारले सम्मान समेत गरेको थियो । तत्कालिन राणा शासकहरूले उनलाई आर्य समाजको आरोप लगाई राष्ट्रद्रोहको मुद्दा लगाएर चर्खा प्रचारमा प्रतिबन्ध लगाएका थिए | आधुनिकता भित्रिए सँगै हाल नेपालमा उत्पादन हुने बस्तुलाई तिरस्कार गरि बाहिरी बस्तु आयात गर्दा देशको अर्थतन्त्रमा समेत ठूलो असर पुगेको छ l यस्ता लोप हुन् लागेका बस्तुहरुको बेलैमा संरक्षण गर्नु जरूरी देखिन्छ l नगर तथा वडा बाट दिने विभिन्न आर्थिक बिकाश सम्बन्धि तालिम तथा सिपहरुमा यस्ता मौलिकता झल्कने सीपमा लगानी गर्ने ध्यान पुगोस र पुस्ता हस्तान्तरण गरि भाबी पुस्ताले पनि यसको सम्बर्धनमा लग्न जरूरी देखिन्छ

प्रतिकृया दिनुहोस