सुन्दरहरैंचामा नेपाल जेसिज क्षेत्र क सम्मेलन भब्य हुने, केपी ओलीको बाहुलीबाट उद्घाटन गरिने ।

रेडियो सुसेली न्युज डेस्क ।

मोरङ्को सुन्दर हरैंचामा रहेको इन्द्रपुर जेसिजको आतिथ्यतामा नेपाल जेसिजको क्षेत्र क सम्मेलन भाद्र १७ र १८ गते सुन्दरहरैंचामा भब्य रुपमा सम्पन्न हुँदै छ । सम्मेलनको उद्घाटनका लागि  नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्माको बाहुलीबाट हुने तयारी भएको छ । ओली भोलि शुक्रबार  सुन्दरहरैंचा आउने भएका छन् । वडा नं ९ स्थित इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा जेसीजको क्षेत्र क सम्मेलनको ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो  ।

नेपालभरीबाट १६ वर्ष देखि ४० वर्ष भित्रका ७ सय भन्दा बढी उद्योगी तथा व्यवसायीहरु सुन्दरहरैंचामा  ओर्लिदै छन् यस सम्मेलनले  सुन्दरहरैंचा भित्रका पर्यटकीय क्षेत्र, उद्योग र उत्पादनलाई नेपालभर चिनाउन ठुलो मद्धत पुग्ने आसा र उदेस्य सहित कार्यक्रम तय गरिएको आयोजक संस्थाले बताएको छ  । यस अघि । सन् २०१२ मा  सम्मेलन यसैविशेष  नगरमा संम्पन्न गरिएको थियो, यस पटकको सम्मेलनलाई बिशेष रुपले हेरिएको छ । सम्मेलनमा नेपाल जेसीजले विभिन्न कार्यक्रम, फेलेसिप, तालिम लगायत आयोजना गर्ने जनाइएको छ ।

यस अघिका सम्बन्धित समाचार हेर्न तलको लिंक क्लिक गर्नुहोस 

नेपाल जेसीज क्षेत्र सम्मेलनको पूर्व सन्ध्यामा सरसफाई

नेपाल जेसिज सम्मेलन २०२२ को तयारी तीब्र पारिदै ।

नेपाल जेसिजको क्षेत्र क सम्मेलन सफल उद्योगीहरुको कुम्भ मेला हाम्रो आतिथ्यता कस्तो होला ?

नेपाल जेसिज क्षेत्र क सम्मेलनको बारेमा पत्रकार सम्मेलन पछि पत्रकारहरुलाई सम्मेलन तयारीको बारेमा जानकारी दिनु हुँदै शाखा अध्यक्ष तथा इन्द्रपुर जेसिज वर्ष २०२२ का अध्यक्ष भवानी ढकाल

नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको पूर्व सन्ध्यामा सुन्दरहरैंचा उद्योग बाणिज्य संघको अगुवाई तथा नगरमा रहेका विभिन्न व्यवसायिक प्रतिस्थान, सामाजिक संघ संस्था तथा क्लबको सहभागितामा सरसफाई कार्यक्रम संम्पन्न गरिएको छ । आगामी भाद्र १७ र १८ गते इन्द्रपुर जेसिजको अतिथ्यतामा काली मन्दिर जेसिज हलमा हुने सम्मेलनमा प्रवेश क्षेत्र लगायतका अन्य स्थानहरुमा सरसफाई गरिएको हो ।

नेपाल जेसिज क्षेत्र क सम्मेलनको लागि आयोजित पत्रकार सम्मेलनका तस्बिर

प्रतिकृया दिनुहोस