धवल शमसेर र दुर्गा प्रसाईँले खोले नयाँ पार्टी, साउन २८ गते दल दर्ता गर्ने

काठमाडौंः

राप्रपा छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डा. धवल शमशेर ज.ब.रा. र अभियन्ता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन् । उनीहरूले पार्टीको नाम जय नेपाल पार्टी तय गरेका छन् । पार्टीको सभापति धवल शमशेर ज.ब.रा. र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने भएका छन् ।

 

दल दर्ताका लागि उनीहरू साउन २८ गते निर्वाचन आयोग जाने बताइएको छ । चुनाव चिह्नबारे भने विभिन्न विकल्पमा छलफल भइरहेकोले टुंगिन बाँकी रहेको बताइएको छ ।

राणाले जेठ १७ गते राप्रपा परित्याग गरेका थिए । उनले राप्रपाका विभिन्न तहका १८५ जना नेताहरूलाई पनि सँगै लगेका छन् ।

 

राणालाई नयाँ पार्टी खोल्न मेडिकल व्यवसायी तथा केही वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान सञ्चालन गर्दै आएका दुर्गा प्रसाईंले साथ दिएका हुन् ।

श्रोतः शिखरबास खबर

प्रतिकृया दिनुहोस