रसुवाको भोटेकोशी बाढीमा बेपत्ता सुन्दरहरैँचा १२ का कार्कीको कुशको शव बनाएर आज अन्तिम संस्कार
सुन्दरहरैंचा, ४ असोज ०८३ ।
रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका सुन्दरहरैचा नगरपालिका वडा नं. १२ का सूर्यबहादुर कार्कीको आज कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। रोजगारीका लागि रसुवाको टिमुरे पुगेका कार्की भदौ १० गते आएको बाढीमा बेपत्ता भएका थिए।
लामो समयसम्म खोजी गर्दा समेत उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले धार्मिक परम्परा अनुसार आज कुशको शव बनाएर लोहित गंगा मुक्तिघाटमा दाहसंस्कार गरिएको हो ।
आफन्तको शवसमेत देख्न नपाई अन्तिम संस्कार गर्नुपर्ने अवस्थाले परिवारजन र सिंगो गाउँ गहिरो शोकमा डुबेको छ।









प्रतिकृया दिनुहोस