घर निर्माणको भरोसा, जे.एस.आर. आर.एम.सी. कंक्रिट

सुन्दरहरैंचा, १४ असोज ०८३ । 

मानिसको जीवनमा आफ्नै घर निर्माण गर्नु भौतिक संरचना तयार गर्नु मात्र होइन, जीवनभरको मेहनत, कमाइ र भविष्यको सपनासँग जोडिएको विषय हो। धेरैका लागि आफ्नै परिवारसँग सुख–शान्तिपूर्वक बस्ने सुन्दर घर निर्माण जीवनकै ठूलो सपना हुने गर्दछ। यही सपना पूरा गर्न मानिसले आफ्नो जीवनको महत्वपूर्ण समय र आम्दानी खर्चिने गर्छन्।

 

जीवनभरको कमाइ लगानी गरेर बनाइएको घर बलियो, सुरक्षित र गुणस्तरीय नहुँदा त्यसले ठूलो निराशा निम्त्याउन सक्छ।  घर निर्माण गर्दा निर्माण सामग्रीको गुणस्तर र प्रविधिको प्रयोगमा ध्यान दिन आवश्यक हुन्छ।

 

मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा सञ्चालित जे.एस.आर. आर.एम.सी. कंक्रिट उद्योगले आधुनिक प्रविधिबाट गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएको छ। उद्योगले विगत १० वर्षदेखि घर तथा विभिन्न भौतिक संरचना निर्माणका लागि आवश्यक कंक्रिट तथा निर्माण सामग्री उपलब्ध गराउँदै आएको छ।

 

परम्परागत हाते प्रविधिबाट निर्माण गर्नेभन्दा आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय र मजबुत संरचना निर्माणमा उद्योगले जोड दिँदै आएको छ। निर्माणको सुरुवातदेखि नै सामग्रीको गुणस्तरमा ध्यान दिन सके घरको मजबुती, टिकाउपन र सुरक्षामा सकारात्मक प्रभाव पर्ने उद्योगको धारणा छ।

 

‘घर जीवनभरको कमाइबाट बनाइन्छ, त्यसैले निर्माणमा सम्झौता गर्नु हुँदैन’ भन्ने मान्यतासहित जे.एस.आर. आर.एम.सी. कंक्रिटले आधुनिक प्रविधि र गुणस्तरीय उत्पादनमार्फत ग्राहकको घर निर्माणको सपनालाई भरोसायोग्य बनाउन प्रयास गरिरहेको छ।

प्रतिकृया दिनुहोस