भूकम्पपीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजीकरणमा संकलित रकम हस्तान्तरण

भूकम्पपीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजीकरणमा संकलित रकम हस्तान्तरण

मोरङ । नेपाली महावाणिज्य दूतावासको सहजीकरणमा चीनको तिब्बतका भूकम्पपीडित परिवारलाई रकम संकलन गरिएको छ । 

नेपाली दुःख निवारण कल्याण कोष ल्हासाले यहॉ बसोबास गरिरहेका नेपाली समुदायबाट संकलन गरेको रकम हस्तान्तरण गरिएको महावणिज्यदूत लक्ष्मी निरौलाले जानकारी दिए ।

१ लाख ९८ हजार ०५७ चिनियाँ मुद्रा अथवा ३७ लाख १७ हजार ५३० रुपैयाँ बराबर सहयोग रकम रेडक्रस कार्यालयमा आयोजित कार्यक्रममा महावाणिज्य दूतावासका कन्सुलर सविन भट्टराई समेतको रोहबरमा हस्तान्तरण गरिएको हो ।


कोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले त्यहाँका रेडक्रस प्रमुख लियो यिदोङलाई हस्तान्तरण गरेका हुन् । सहयोग रकम ग्रहण गर्दै प्रमुख यिदोगले महावाणिज्य दूतावास, कल्याण कोष र नेपाली समुदायप्रति आभार व्यक्त गरे ।

विपतमा परेका चिनियाँ नागरकिलाई नेपालीका तर्फबाट सहयोग गरिएकोमा अध्यक्ष कुञ्जो र कल्याण कोष परिवारलाई महावाणिज्य दूत निरौलाले धन्यबाद दिएका छन् ।

श्रोत नेपाल प्रेस

प्रतिकृया दिनुहोस