स्वर्ण महोत्सवको अवसरमा बेहुलीझैं सिंगारियो प्रणामी मन्दिर

सुन्दरहरैंचा, ३० चैत्र ०८२ । 

वैशाख १ गते देखि मनाउन लागिएको स्वर्ण महोत्सवको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर बेहुलीझैं सिंगारिएको छ। विशेष सजावट, रंगीन बत्ती तथा फूलमालाले मन्दिर परिसर झकिझकाउ बनाइएको छ ।

 

महोत्सवलाई भव्य र सभ्य बनाउन विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। भजन–कीर्तन, प्रवचन तथा पूजाआजा जस्ता कार्यक्रमले वातावरण थप धार्मिकमय बन्ने छ। स्थानीयवासी तथा टाढा–टाढाबाट आएका श्रद्धालुहरू मन्दिर अवलोकन र दर्शनका लागि उपस्थित भइरहेका छन् ।

 

मन्दिर व्यवस्थापन समितिका अनुसार स्वर्ण महोत्सव विशेष अवसर भएकाले यसलाई स्मरणीय बनाउन विशेष तयारी गरिएको हो। सजावटले मन्दिरलाई बेहुलीझैं सुँगारिएको छ।

प्रतिकृया दिनुहोस