थापाथलीको सुकुम्बासी बस्ती हटाएपछि आफैँ घर भत्काउन थाले सिनामंगलका सुकुम्बासीले
काठमाडौंः आज बिहानैदेखि सरकारले थापाथलीस्थित बागमती नदी किनारमा सुकुम्बासीले बनाएका टहरा हटाएपछि काठमाडौंको सिनामङ्गलस्थित बागमती नदी किनारका सुकुम्बासीले आफैँ आफ्ना घरटहरा भत्काउन थालेका छन् ।
बस्ती भत्काउने क्रममा झडप हुन सक्ने आशंकामा आज बिहानैदेखि त्यहाँ सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति थियो । तर बस्तीमा डोजर चलाउनु अघि नै त्यहाँका सुकुम्बासीले घर टहरा भत्काउँदै सामान ओसार्न थालेका छन् । प्रहरीले उनीहरुको सामान ओसार्न सहयोग गरिरहेको छ ।
सरकारले थापाथलीस्थित सुकुम्बासी बस्तीका टहरा हटाइसकेको छ । डेरा नखोजेका तथा खोज्दा पनि नपाएका ६ परिवारलाई सरकारले तत्कालका लागि दशरथ रंगशालामा अस्थायी बासको व्यवस्था गरेको जनाएको छ ।
थापाथलीपछि अहिले गैरीगाउँस्थित बागमती किनारका घर टहरा डोजर लगाएर भत्काउन थालिएको छ ।










प्रतिकृया दिनुहोस