आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति
काठमाडौं ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ।
सरकारसँग भएका सहमतिका ९ बुँदा यस प्रकार रहेका छन् ।
घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। समितिले गठन भएको सात दिनभित्र प्रतिवेदन सरकारसमक्ष बुझाउनेछ।
गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अघि बढाउनेछ।
घटनाको दिन फिल्डमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई छानबिन आयोगको प्रतिवेदन तथा सिफारिस बमोजिम थप निर्णय हुने गरी हालका लागि निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गर्नेछ।
काठमाडौं महानगरपालिकाले आगामी कार्यपालिका बैठकबाट निर्णय गरी मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी उपलब्ध गराउने तथा मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था गर्नेछ। यसका लागि नेपाल सरकारका सम्बन्धित निकायले समन्वय गर्नेछन्।
मृतकको आश्रित परिवारलाई राहतस्वरूप काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी यथोचित रकम उपलब्ध गराइनेछ। मृतकको अन्तिम संस्कार (सद्गत) तथा काठमाडौंमा गरिने काजक्रियाको सम्पूर्ण आवश्यक व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्नेछ।
पीडित परिवारले शव बुझ्ने, पोस्टमार्टमलगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने तथा अन्त्येष्टि गर्ने जिम्मेवारी लिनेछ। मृतकका एकाघरका परिवारजनको काठमाडौं आवतजावत, बसोबास तथा काजक्रिया अवधिभर लाग्ने सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ। पीडित परिवारका एकाघरका सदस्यको स्वास्थ्य बिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइनेछ।










प्रतिकृया दिनुहोस