आज मोतीराम भट्टको १५५ औँ जन्मजयन्ती

सुन्दरहरैंचा, २६ भाद्र ०८३ ।

आज देशभर राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५५ औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

 

वि. सं. १९२३ साल भाद्र कृष्ण औंसीका दिन जन्मेर वि. सं. १९५३ भाद्र कृष्ण औंसीकै दिनमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि उल्लेख्य काम गर्नुभएको थियो ।

 

साहित्यको गजल विधाको उन्नयनमा भट्टको नाम अग्रपंक्तिमा आउँछ । नेपाली साहित्यमा शृङ्गार रसलाई महत्व दिई साहित्य सिर्जना गरेका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुभएको थियो ।

 

उहाँका गजेन्द्रमोक्ष, पञ्चक प्रपञ्च, तीजको कथा, चाणक्य नीति दर्पण, प्रह्लाद भक्तिकथा, शुक्रनीति, भानुभक्ताचार्यको जीवन चरित्र, गफास्टक, उखानको बखान तथा जान्ने कथा सङ्ग्रह, उषाचरित्र, मनोद्वेग प्रवाह, प्रियदर्शिका, पीकदूत आदि कृति प्रकाशित छन् ।

भट्टको सम्झनामा आज देश तथा विदेशमा रहेका साहित्यिक संघसंस्थाले विभिन्न कार्यक्रम गर्ने गर्दछन् ।

प्रतिकृया दिनुहोस