बिक्कीको निर्देशनमा रहेको 'भुलिदेउ'मा पुर्ण र लक्ष्मी ( भिडियो )

काठमाडौँ । अमेरिकामा व्यवसाय संगै अभिनयमा सक्रिय पुर्ण लम्साल र अभिनयमा पहिलोपटक डेब्यु गरेकी लक्ष्मी ओली फिचर्ड प्रेमिल शैलीको नयाँ म्युजिक भिडियो 'भुलिदेउ' सार्वजनिक भएको छ।  

यस गीतमा स्वर संगीत गायक हिमाल सागरको रहेको छ भने शब्द रोहन पौडेल 'जनक'को रहेको छ। गीतलाई  महेश्वर मान राजभण्डारीले  संगीत संयोजन गरेका हुन्।  

अमेरिकामा नै सम्पूर्ण छायांकन भएको म्युजिक भिडियोमा शैलेश घलेको  छायांकन र  बिष्णु खड्काले सम्पादन रहेको छ।  बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।   'पी एण्ड एच प्रोडक्शन' मार्फत भिडियो सार्वजनिक गरिएको हो।  

भिडियो लिंक: https://youtu.be/0z8kf8NKC4s

प्रतिकृया दिनुहोस