पारुको स्वर, शब्दमा रहेको 'यो माया होइन र' सार्वजनिक ( भिडियो )

काठमाडौं– 'तिम्रो तृष्णा'  बोलको पहिलो गीत पश्चात बेलायतमा रहेकी गायिका पारु राईले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो   'यो माया होइन र' सार्वजनिक गरेकी छिन्।  

 त्रिकोणात्मक प्रेमकथामा आधिरित यस गीतमा समाजको यथार्थ प्रस्तुत गरिएको छ।  गीतमा  गायिका पारु राईको स्वर, शब्द रहेको छ भने   गायक मनोज थापा मगरको संगीत र संगीत संयोजन रहेको छ।  बेलायतका विभिन्न  रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा  विपना गुरुङ, मण्डल थेबे र पारु राई फिचर्ड छन्। विशेष भूमिकामा दिलिप राईको समेत अभिनय देख्न सकिन्छ।  

पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई  कुशल श्रेष्ठको छायांकन र निर्देशनमा तयार पारिएको हो।  गायक थापा मगरको आधिकारिक च्यानल 'मनोज थापा मगर' मार्फत भिडियो सार्वजनिक भएको हो। निकै मिहिनेत साथ तयार पारिएको यो भिडियो दर्शक, स्रोतालाई मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।  

भिडियो लिंक: https://youtu.be/iwYeOlMO0r8

प्रतिकृया दिनुहोस