फोहोरमैला व्यवस्थापन सम्बन्धी जनप्रतिनिधिहरुसंगको पहिलो छलफल लेटाङमा सम्पन्न ।
रेडियो सुसेली न्युज डेक्स । नेपालमा पछिल्लो समय तिब्र रुपमा बढीरहेको जनसंख्या वृद्धि र त्यसले वातावरणमा पारेको प्रतिकुल असरका रुपमा फोहोरमैलालाई लिने गरिएको छ । बढ्दो सहरीकरण र उचित व्यवस्थापनको अभावले हरेक गाउँ र नगर फोहोरमैलाको कारणले दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको छ । जसबाट मानव जगत र पर्यावरणलाई जोगाउन सम्बन्धित निकायको समयमा नै ध्यान जान जरुरी छ ।

शुन्य डम्पिङ् साइड, शुन्य ल्याण्डफिल्ड साइड, फोहोरलाई मोहोरमा बदल्ने पहिलो अभियान अन्तरगत लेटाङ् नगरपालिकामा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । बिहिबार नगरपालिकाको सभाहलमा फोहोरमैला व्यवस्थापन सम्बन्धी जनप्रतिनिधीहरुसंगको छलफल भएको हो ।

छलफलमा अवका दिनमा फोहोरमैलालाई कसरी व्यवस्थापन गर्दै फोहोरलाई मोहोरमा बलल्ने तरिकाले जान सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । फोहोर के हो र कसरी व्यवस्थापन गर्ने ?, फोहोरमैला व्यवस्थापनमा अन्य नगरपालिकाले चालेका कदमहरु लगायतका विषयमा समेत छलफल भएको थियो । छलफलको सहजिकरण एकता मिडिया प्रा.लि. रेडियो सुुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले गर्नुभएको थियो । छलफल कार्यक्रमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण वडाका निर्वाचित जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।










प्रतिकृया दिनुहोस