नयाँ वर्षको उमङ्गसँगै रमाऔँ गोदावरी रिसोर्टमा

सुन्दरहरैंचा, ३० चैत्र ०८२ ।

सुन्दरहरैचा नगरपालिका वडा नं. ४ मा रहेको गोदावरी रिसोर्टले नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विशेष अफर सहितका आकर्षक प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ।

रिसोर्टले नयाँ वर्षको अवसरमा लाइभ म्युजिक, डिजे नाइट, स्वादिष्ट खानपान तथा पारिवारिक मनोरञ्जनका विभिन्न कार्यक्रम समेटिएको प्याकेज ल्याएको जनाएको छ। 

अग्रिम बुकिङ गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ। नयाँ वर्षलाई रमाइलो र सम्झनलायक बनाउन गोदावरी रिसोर्ट उपयुक्त गन्तव्य बन्ने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस